धनगढीमा नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका– ३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घरनजिकैको मोहना नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका हुन्। मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।