प्रधानमन्त्री कृषि परियोजनाबाट चार लाखलाई रोजगार

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित विभिन्न रोजगारलक्षित कार्यक्रमबाट ०७८ फागुनसम्म चार लाख ४३  हजार चार सय ३७ व्यक्तिले आंशिक र ४८ हजार सात सय ८१ व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका छन् । शनिबार सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा प्रधानमन्त्री कृषि परियोजनाबाट सो रोजगार पाएका हुन् । उक्त परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा ५८  परियोजना कार्यान्वयन एकाइमार्फत ७७ जिल्लामा एक सय ७७ जोन र १६ सुपरजोन सञ्चालनमा रहेका छन् ।

खाद्यान्न बाली उत्पादनको अवस्था
चालू आर्थिक वर्षमा खाद्यान्न बालीमा लगाइएको क्षेत्रफल अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ०६ प्रतिशतले बढेको छ । तर, यसै आर्थिक वर्षमा बेमौसमी वर्षाका कारण धान बालीको उत्पादन आठ दशमलव ७ प्रतिशत प्रतिशतले कमी आएको छ । धान बालीको उत्पादनमा कमी आएसँगै सम्रग खाद्यान्न उत्पादनमा तीन दशमलव १ प्रतिशत र तीन दशमलव ७ प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।   

चालू आर्थिक वर्षमा धान बालीमा लगाएको क्षेत्रफल शून्य दशमलव २ प्रतिशतले वृद्धि हुने अनुमान मन्त्रालयको छ । अघिल्लो आर्थिक वर्षमा धान बालीमा एक दशमलव शून्य प्रतिशतले उत्पादन भएको थियो । त्यस्तै, चालू आर्थिक वर्षमा नौ लाख ८५ हजार पाँच सय ६५ हेक्टर जमिनमा मकै बाली लगाइएको थियो । यसपटक मकै उत्पादन तीन दशमलव ३ दशमलव ६ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षमा करिब सात लाख हेक्टरभन्दा बढी जमिनमा लगाएको गहुँ बालीमा उत्पादन शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएको अनुमान छ ।

त्यस्तै, कोदो, फापर र जौको उत्पादनमा सामान्य वृद्धि हुने अनुमान सरकारको रहेको छ । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ को फागुनसम्म दूध १७ लाख ३९ हजार मेट्रिकटन र मासु तीन लाख ८१ हजार मेट्रिकटन उत्पादन भएको छ भने चालू आर्थिक वर्षको फागुनसम्ममा एक अर्ब आठ करोड ३२ लाख गोटा अन्डा उत्पादन भएको  सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, तरकारीमा अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको छ भने फलफूल चालू आर्थिक वर्षमा चार दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा फलफूल उत्पादन आठ दशमलव ९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, आर्थिक वर्ष फागुनसम्ममा संघअन्तर्गत सञ्चालित सतह र भूमिगत सिँचाइ कार्यक्रमबाट क्रमशः दुई  हजार आठ सय ९५ हेक्टर र एक सय १० हेक्टर गरी कुल तीन हजार पाँच हेक्टर सिञ्चित क्षेत्र थप भई फागुनसम्म १५ लाख १२ हजार चार सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ०७८ असारसम्म जम्मा १५ लाख ९ हजार चार सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो ।

सुझावित समाचार