काठमाडौं विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । 

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८मा ९१०३२ जना र महिलाको प्रतिशत ३९.७२ (६८०)रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ रहेका छन् । 

कार्यक्रममा पाँचजनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार तीन सय ३६ उत्तीर्ण हुनेछन् ।

सुझावित समाचार