नारायण- मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो,दुबै ट्रकका चालक घाइते

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण
नारायण- मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो,दुबै ट्रकका चालक घाइते

फोटो :  निशान दाहाल

नारायणगढ-  मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किएको  छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ७८०४ र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५६५४ ट्रक मुग्लिङ नजिकै इच्छाकामना गाउँपालिका दुई नम्बर पुलमा आपसमा ठोक्किएको हो । ट्रकका दुवै चालक घाइते भएका छन् । 

घाइते दुबैलाई उपचारको लागी भरतपुर ल्याइएको छ । ट्रक दुर्घटना भएको ठाउँमा एकतर्फी मात्र सडक संचालनमा छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुबै तर्फ सडक संचालन गर्न काम  अघि बढाइएको बताएको छ ।
 

सुझावित समाचार