नवरत्नले निःशुल्क हेड मसाज क्याम्प सञ्चालन गर्ने

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

इमामी कम्पनीले उत्पादन गर्दै आएको मालिस गर्ने तेलको रूपमा परिचित नवरत्न तेलको निःशुल्क हेड मसाज क्याम्प फेरि सञ्चालन हुने भएको छ । कम्पनीले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरू पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणघाट, हेटौँडा, भरतपुर, धरानलगायतका सहरमा एक सय ५० दिनसम्म क्याम्प सञ्चालन गर्ने भएको छ ।

 क्याम्पबाट लाखौँ ग्राहकले तेल मालिसको लाभ लिन सक्ने जनाइएको छ । यो तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन रहेको कम्पनीको दाबी छ । यसमा विभिन्न नौ आयुर्वेदिक जडीबुटीको समिश्रण रहेको र यो तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल भएको जनाइएको छ । कम्पनीले यस प्रकारको क्याम्प गत केही वर्षदेखि सञ्चालन गर्दै आएको छ । 

नवरत्न तेलका ब्रान्ड मैनेजर विकास तिवारीले नेपालमा कोरोना महामारीको अवस्था लगभग शून्य भएकाले क्याम्प सञ्चालन गर्न लागेको वताए । उनले भने, ‘विगतमा कोरोनाकै कारण हामीले यो क्याम्प सञ्चालन गर्न असमर्थ भएका थियौँ र अहिले हामी फेरि क्याम्प सञ्चालनका लागि अग्रसर भएका छौँ ।

क्याम्पको अवधिभर ५० जिल्लाका करिब १० लाखजनाले फ्री हेड मसाजको फाइदा लिनु हुने हामीले अपेक्षा गरेका छौँ । सबै महानुभावलाई यस क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन हुन आग्रह पनि गर्दछु ।’ टाउको र शरीर दुवैका लागि मालिस गर्न उपयुक्त यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक थकान हट्ने र ठन्डा–ठन्डाको अनुभव, शरीरको दुखाइ कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्ने कम्पनीको दाबी छ । 

सुझावित समाचार