निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय भएको छ। निर्वाचन आयोगका अनुसार गत चैत २५ बाट लागू भएको आचारसंहिता आजबाट निष्क्रिय गर्ने निर्णय गरिएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्। ‘निर्वाचन आचारसंहिता, २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
