गठबन्धनमा इमानदारिता देखिएन : सांसद चौधरी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँचदलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन् । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । 

‘चुनावी मतपरिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँचदलीय गठबन्धनमा इमान्दारिता हुनुपर्थ्याे, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपर्थ्याे त्यो देखाउन सकेन,’ उनले भने ।  

सांसद चौधरीले माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनको आरोप छ ।  ‘माओवादी पार्टीले आफू एउटा बिजनेस म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकी कुनै ठाउँमा एमालेसँग समेत समन्वय गरयो । कांग्रेसले पनि त्यो खालको व्यवहार गर्यो । त्यसैले हामीले जुन खालको रिजल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजल्ट आउन सकेन,’ उनले भने ।

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडि बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरूसँग अगाडि जान नसकिने उनको भनाइ छ । ‘कांग्रेस र माओवादीले आफूलाई करेक्सन गर्ने ठाउँमा पुगे भने ठीकै छ फेरि पनि अगाडि जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडि जान सकिन्छ ?’ उनले भने । 

सांसद चौधरीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिरसमेत गरे  पाँचदलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनको दाबी छ । 

सुझावित समाचार