१०औँ पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यसपटक आफ्नै भतिजसँग पराजित

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर १० मा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यञ्जनकार दुई सय ४७ बढी मतान्तरले निर्वाचित भएका हुन् ।

नरसिंह व्यञ्जनकार स्वतन्त्र उम्मेदवार हुन् । उनले पाएको मत संख्या पाँच सय ७८ छ भने उनका प्रतिस्पर्धी रविन व्यञ्जकारले आठ सय २५ मत प्राप्त गरेका छन् । वडामा जम्मा  एक हजार सात सय ८३ मत खसेको थियो ।

सम्पादकको रोजाइ

सुझावित समाचार