बझाङ १ मा कांग्रेसको अग्रता

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा  भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार कांग्रेसका अभिषेककुमार सिंहले आठ हजार चार सय आठ मत ल्याउँदा उनलाई पछ्याइरहेको नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले आठ हजार एक सय ६५ मत ल्याएका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा तीन हजार एक सय १३ मतसहित तेस्रो स्थानमा छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार दुई सय ६६ मत प्राप्त गरेका छन् ।  

सुझावित समाचार