कास्कीमा आठ हजार मतदाता थपिए

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुन सक्ने उनले बताए ।  

जिल्लामा यसअघिको कुल मतदाता संख्या दुई लाख ८१ हजार नाै सय ४० थियो । जिल्लामा करिब एक हजार आठ सयले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 

See More On

सुझावित समाचार