रौतहटका २४ केन्द्रमा आज शान्तिपूर्ण रूपमा पुन: मतदान जारी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते स्थगित भएकाे रौतहटमा २४ मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ । मतदानस्थलमा अत्यन्त कडा सुरक्षा व्यवस्था अपनाइएको छ । जसले गर्दा मतदान कार्य शान्तिपूर्ण रूपमा भइरहेको छ ।   

रौतहटका ६ पालिकाका २४ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्त रूपमा मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान भइरहेको छ । 

See More On

सुझावित समाचार