धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

गोरखाको धार्चे गाउँपालिकामा माओवादी केन्द्र विजयी बनेको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ विजयी भएका हुन् । अध्यक्ष गुरुङले ३७ सय ७१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष गुरुङले १९ सय ४६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रले विजय हासिल गरेको छ । उपाध्यक्ष विजयी सुनिला गुरुङले ३७ सय ७९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस फूलमाया गुरुङले १९ सय ७६ मत ल्याए ।
७ वटा वडा रहेको धार्चेमा एमालेले २ माओवादीले ५ वडामा माओवादीले जितेको छ । वडा नं ३ र ६ एमालेले जितेको हो भने १, २, ४, ५ र ७ वडा माओवादीले जितेको छ ।
 

See More On

सुझावित समाचार