धनकुटाको पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनका गुरुङ विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाअनुसार पाँच हजार चार सय ९८ मतसहित गुरुङ विजयी भएका हुन् ।

उनका  निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम राईले पाँच हजार ५३ मत मात्र प्राप्त गरे । एमाले उम्मेदवार राईलाई चार सय ४५ मतान्तरले पराजित गर्दै गुरुङ मेयरमा निर्वाचित भएका हुन् । यता उपमेयरमा एमाले उम्मेदवार नम्रता देउजा गौतम विजयी भएकी छिन् । उनले पाँच हजार ६२ मत ल्याएकी छिन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका  उम्मेदवार ओमप्रकाश निरौलाले चार हजार ६ सय ४१ मत मात्र प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार निरौलालाई चार  सय २१ मतले पछाडि पार्दै देउजा उपमेयरमा निर्वाचित भएकी हुन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार