अर्घाखाँचीको मालारानी ४ मा एमालेको प्यानल नै विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धनलाई  पराजित गर्दै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ मा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विष्णु प्रसाद पोखरेलको प्यानल नै विजयी भएको हो ।

पोखरेलले १ हजार ४ सय ११ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बिनिराम पोखरेलले १ हजार १ सय ८९ मत प्राप्त गरे । बिनिराम २२२ मतले पराजित भए। 

 गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेको अग्रता कायम छ ।

मालारानीका ९ वडामध्ये आठवटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये वडा नं १, ३, ४, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र विजयी भएको छ। अहिले वडा नं ५ को मतगणना कार्य जारी छ । 

See More On

सुझावित समाचार