शैल्यशिखरमा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

दार्चुलाको शैल्यशिखर नगरपालिकामा हायस दुर्घटना हुँदा  तीनजनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हायस वडा नम्बर ६ ग्वानीको वडा कार्यालयनजिकै रोलाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नवीनसिंह धामी र हरिश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनैजना ग्वानीका स्थानीय हुन्।

हायस सडकबाट करिब एक हजार मिटर तल भिरमा खसेको थियो ।

सुझावित समाचार