बैतडीको पञ्चेश्वरमा एमाले उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा विना भट्ट विजयी भएका छन् । अध्यक्षका उम्मेदवार चन्दले एक हजार ७७ मत र उपाध्यक्ष भट्टले तीन सय ४५ भन्बदा बढी  मतले जितेकी छिन्।

अध्यक्षमा चन्दले तीन हजार सात सय ८२ मत ल्याउँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार रमेश भण्डारीले दुई हजार  सात सय सात मत ल्याएका छन् भने उपाध्यक्षमा भट्टले तीन हजार ६४ मत ल्याउँदा समाजवादीका राजेन्द्र चन्दले दुई हजार पाँच सय मत ल्याएका छन्। पञ्चेश्वरमा २ नम्वबर वडा कांग्रेस, २ एमाले र १ नम्बर वडामा माओवादीले जितेको छ

सम्पादकको रोजाइ

सुझावित समाचार