गोरखाको आरुघाट गाउँपालिकामा कांग्रेस विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी भएका हुन् । गुरुङले पाँच हजार पाँच सय ५६ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीले चार हजार आठ सय ३३ मत ल्याए ।  गुरुङ यसअघि जिल्ला समन्वय समिति सदस्य थिए भने नेपाली दोस्रो कार्यकाल गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी नेपालीले पाँच हजार ६ सय ३१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीता दाहालले तीन हजार आठ सय १६ मत प्राप्त गरिन् । नेपाली दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

आरुघाटको १० वटा वडामध्ये १, २, ३, ७,८ नेपाली कांग्रेस विजयी भएको छ भने एमालेले वडा नम्बर ४, ५, ६ र १० मा विजय हाँसिल गरेको छ । वडा नम्बर ९ मा माओवादी केन्द्रले जितेको छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार