गठबन्धनलाई पराजित गर्दै अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

पाँच दलीय गठबन्धनलाई पराजित गर्दै पाणिनि गाउँपालिकाको अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन् । एमालेका न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याए भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार अच्युत गौतमले ७ हजार २८ मत ल्याए ।  गौतम ७ सय २१ मतान्तरले पराजित भए । 

उपाध्यक्षमा एमालेकी  पौडेलले ७ हजार ६ सय ६१ मत प्राप्त गरिन भने कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याइन । पौडेलले गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पाणिनि गाउँपालिका अध्यक्षमा अच्युतले कांग्रेसबाट एक्लै जितेका थिए । यस निर्वाचनमा पुनः दोहोरिनका लागी उनी गठबन्धनको तर्फबाट चुनावी मैदानमा भिडेका थिए । उनी कांग्रेस जिल्ला सचिव हुन् ।

२०७४ मा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा प्रवेश गरेकी थिईन ।  पछि समाजवादी पनि त्याग गरेर उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार