खसेको भन्दा बढी मतपत्र देखिएपछि गौरीगञ्जमा गणना प्रभावित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

गौरीगञ्ज गाउँपालिकामा मत गणना प्रभावित भएको छ । वडानम्बर १ को मत परिणाममा चित्त नबुझाएर मुख्य दल गणनाबाट बाहिरिएपछि गणना प्रभावित भएको हो ।

वडानम्बर १ मा मत पत्र मुचुल्का गर्दाको संख्या र गणना गर्दाको संख्या फरक परेपछि दलहरूले आपत्ति जनाएका छन् । खसेको भन्दा बढी मतपत्र गणना गर्दा देखिएपछि गणना स्थगित भएको हो ।

दलहरूले धाँधली भएको भन्दै निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरिरहेका छन् । गौरीगञ्ज गाउँपालिकाका निर्वाचन अधिकृत भेषराज कोइरालाले के गर्ने भन्ने सल्लाह भइरहेको बताए । दलहरूले सोचे अनुरूप भएन भनेर अवरोध गरेको बताए ।

सम्पादकको रोजाइ

सुझावित समाचार