गुल्मीको मालिका ८ को अध्यक्षमा जिसीसहित गठबन्धनको प्यानलै निर्वाचित

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीसहित गठबन्धनको प्यानलै विजयी भएको छ। उनले एक सय ७९ बढी मत ल्याएर निर्वाचित भएका हुन्। 

जिसीले एक हजार १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका रोशनकुमार पौडेलले ८३३ मत ल्याएका छन्। यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो। 

यस्तै, खुला सदस्यमा लेखनाथ अर्याल, सागर गिरी, दलित महिला सदस्यमा गोमा सुनार र महिला सदस्यमा लक्ष्मी केसी निर्वाचित भएका छन्। 

See More On

सुझावित समाचार