फर्जी मत भेटिएपछि रम्भा गाउँपालिकामा पुनः मतदान गराउन माग

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

फर्जी मत भेटिएपछि दलहरूले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदान गराउन माग गरेका छन् । सत्तारूढ गठबन्धनमा आबद्ध माओवादी, कांग्रेस र एकीकृत समाजवादी तथा मंगोल नेसनलले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति राखी पुनः मतदानको माग राखेका हुन्।

वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको, सिसिटिभीको व्यवस्था नभएको, मतपेटिका ढुवानी गर्दा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको, एकपक्षीय प्रतिनिधिहरूलाई प्रवेश दिइएको लगायतका कारण औँल्याउँदै उनीहरूले पुनः मतदानको माग गरेका हुन्।

यस्ता कार्यमा संलग्नहरू कर्मचारीहरूलाई विभागीय कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।

सुझावित समाचार