रसुवाका तीन पालिकामा एमाले र दुई पालिकामा कांग्रेसको अग्रता

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना कार्य जारी छ। शुक्रबार भएको मतदानको जिल्लाका पाँचवटै गाउँपालिकामा मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार तीन पालिकामा नेकपा (एमाले) र दुई पालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ। उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङमाे गाउँपालिकामा नेकपा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ।

कालिकामा अध्यक्षमा १,२५४ मतसहित कांग्रेस अगाडि छ। एमाले १,१४९ मत ल्याएर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १,१३६ मतसहित तेस्रो स्थानमा छ। उपाध्यक्षमा १,६२८ मतसहित नेपाली कांग्रेस नै पहिलो, ९०३ मतसहित एमाले दोस्रो र ५६८ मतसहित एकीकृत समाजवादी तेस्रो स्थानमा छ।

आमाछोदिङमाेको अध्यक्षमा ९४३ मतसहित एमाले पहिलो, ९२८ मतसहित कांग्रेस दोस्रो र ३६२ मतसहित माओवादी तेस्रो स्थानमा छ। उपाध्यक्षमा ८४५ मतसहित कांग्रेस पहिलो, ६३३ मतसहित माओवादी दोस्रो र ६२८ मत सहित एमाले तेस्रो स्थानमा छ।

उत्तरगयाको अध्यक्षमा १,४५७ मतसहित एमाले पहिलो र १,२५४ मतसहित कांग्रेस दोस्रो स्थानमा छ। उपाध्यक्षमा १,५३५ मतसहित एमाले पहिलो र १,२५० मतसहित कांग्रेस दोस्रो स्थानमा छ।
 
नौकुण्डको अध्यक्षमा १,४५७ मत ल्याएर कांग्रेस पहिलो स्थानमा कायम रहँदा ९३५ मत ल्याएको एमाले दोस्रो स्थानमा छ। उपाध्यक्षमा ८४३ मत सहित एमाले पहिलो र ६८१ मतसहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ।

गोसाइँकुण्डको अध्यक्षमा ९४४ मतका साथ एमाले पहिलो र ९०५ मतसहित कांग्रेस दोस्रो स्थानमा छ। उपाध्यक्षमा ९७२ मतका साथ एमाले पहिलो र ८७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ।

सुझावित समाचार