स्थानीय तह निर्वाचनअन्तर्गत सिराहा नगरपालिकाको विभिन्न वडामा जारी मत गणनाको सार्वजनिक नजिताअनुसार नेपाली कांग्रेसले मेयरमा अग्रता कायम गरेको छ। सिराहा नगरपालिकाको मेयरमा उपेन्द्रकुमार यादवले १,८३६ मत ल्याएर अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका डा. नवीनकुमार यादवले १,७८२ मतका साथ पछ्याइरहेका छन्।
निवर्तमान मेयर जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादव १,३०३ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एकीकृत समाजवादी)का रिताकुमारी यादवले ७८८ मत प्राप्त गरेकी छिन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी सरिताकुमारी यादव १,६५९ मतका साथ अगाडि छिन्। उनलाई नेकपा एमालेकी बबिताकुमारी साहले १,५५७ मतका साथ पछ्याइरहेकी छिन्। जनता समाजवादी पार्टीकी शशि मित्रा ऋषि माझी मुसहरले १,२६२ मत प्राप्त गरेकी छिन् भने नेकपा एकीकृत समाजवादीका रवीन्द्रकुमार साहले १,१०१ मत प्राप्त गरेका छन्।
२२ वटा वडा रहेको सिराहा नगरपालिकाको वडा नम्बर १ र १० को मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्बर २, ११ र २२ को गणना जारी छ।