खसेकोभन्दा पेटिकाको मत बढी पाइएपछि कोन्ज्योसोममा मतगणना स्थगित

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकामा मतगणना कार्य रोकिएको छ। पालिकाको वडा नम्बर २ मा जम्मा १,५९० मत खसेकोमा मतपेटिकामा सोभन्दा बढी मत संख्या भेटिएपछि मतगणना रोकिएको हो।

खसेको मत संख्यासँग गणना गर्दाको संख्याले मेल नखाएपछि गणना भइसकेको मत पुनः गणना गर्नेबारे छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ।

सुझावित समाचार