सिन्धुपाल्चोकको ६ स्थानीय तहमा कांग्रेसको अग्रता, माओवादी तीन र एमाले दुईमा अगाडि

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

१२ स्थानीय तहमध्ये ६ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । माओवादी केन्द्रले तीन र एमालेले दुई तहमा अग्रता लिएका छन् । जारी मतगणनाअनुसार कांग्रेसले बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, बलेफी र इन्द्रावतीमा अग्रता कायम राखेको छ ।

अधिकांश स्थानमा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्रले चौतारा साँगाचाेकगढी, लिसंखुपाखर र जुगलमा अग्रता लिएको छ । एमाले भोटेकोसी र पाँचपोखरी थांपालमा अगाडि छ । 

सिन्धुपाल्चोकको सबै स्थानीय तहमा मतगणना जारी छ । मेलम्ची नगरपालिकामा शनिबार राति नौ बजेबाट मतगणना सुरु भए पनि सुरुवाती नतिजा प्रकाशन भएको छैन । प्राप्त मत परिणामअनुसार कांग्रेसले १३ वडा जितेको छ । एमालेले चार वडा जितेको छ । माओवादी केन्द्रले एक र एकीकृत समाजवादीले एक वडामा जितेका छन् 

बाह्रबिसे नगरपालिका
वडा नं. १ कांग्रेसका आङ्दोर्जे शेर्पा ४१५ विजयी, एमाले प्रेमबहादुर मगर २२७
वडा नं. २ का‌ंग्रेसका रेसम तामाङ विजयी ७०६, एमालेका जितबहादुर तामाङ ६२४
वडा नं. ३ का‌ंग्रेसका जीवन भण्डारी विजयी 
वडा नं. ७ का‌ंग्रेसका नीलबहादुर खड्का विजयी
वडा नं. ६ एमालेका सञ्चबहादुर तामाङ विजयी

जुगल गाउँपालिका
वडा नं. १. का‌ंग्रेसका जनक लामा ५८४ विजयी, एकीकृत समाजवादीका कमल थापा ५७७
वडा नं. २ एमालेका चन्द्रकाजी लामा ६०८ विजयी, माओवादी केन्द्रका प्रताप लामा ६०७

इन्द्रावती गाउँपालिका
वडा नं. १.एमालेका चीनलाल तामाङ ६९७ विजयी,  का‌ंग्रेसका श्री लामा ५३३
वडा नं. २ का‌ंग्रेस श्यामबहादुर गिरी विजयी
वडा नं. ३ एमाले भिमसेन थापा विजयी

त्रिपुरासुन्दरी गाउँपालिका
वडा नं. १ नेपाली का‌ंग्रेस सीताराम थापा ३३४ विजयी, माओवादी केन्द्र हरेराम तिमल्सिना २८९
वडा नं. २ का‌ंग्रेसका रमेश राउत विजयी

चौतारा साँगाचोकगढी नगरपालिका
वडा नं. १ समाजवादीका युवलाल श्रेष्ठ ६८५ मतसहित विजयी
वडा नं. २ मा एमालेका सुदीप श्रेष्ठ ५७५ विजयी, माओवादी केन्द्रका हरि सापकोटा ४६३
वडा नं. ३ एमालेका टेकबहादुर तामाङ ५५४ विजयी, का‌ंग्रेसका दीपक कटुवाल ५१९

बलेफी गाउँपालिका
वडा नं.१ मा का‌ंग्रेसका हुपबहादुर खड्का विजयी
वडा नं. २ मा कांग्रेसका छविलाल न्यौपाने ४९५ विजयी, पुरुषोत्तम सापकोटा ४९५ गोलाप्रथा

लिसंखुपाखर गाउँपालिका
वडा नं. १ माओवादी केन्द्रका  पासाङलाल लामा ४८७, एमालेका ४३५

सुनकोसी गाउँपालिका
वडा नं. १ कांग्रेसका कुमार शाही ८८१, 
भोटेकोसी गाउँपालिका
वडा नं. १ नेपाली कांग्रेसका राजु लामा

सुझावित समाचार