रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी र उपमेयरमा कुँवर विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। उनले एक हजार तीन सय ४२ मतान्तरले एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार राजेन्द्र पाण्डेयलाई पराजित गरेका हुन्। 

पन्थीको आठ हजार छ सय १४ र पाण्डेयले सात हजार तीन सय २० मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसकी अमृतादेवी कुँवरले आठ हजार छ सय १९ मत प्राप्त गरेर विजयी भएकी छिन्। रिता पाण्डेयले सात हजार दुई सय ३१ मत प्राप्त गरेकी छिन्। 

कुँवरले पाण्डेयलाई एक हजार पाँच सय ७८ मतान्तरले पराजित गरेकी छिन्। रेसुंगा नगरपालिकका १४ वडामध्ये १० मा कांग्रेस र ४ वडामा एमाले विजयी भएको छ। रेसुंगा नगरपालिकामा वडा नं २, ३, ४, ५, ७, ९, १०, १२, १३ र १४ प्यानलसहित विजयी भएको छ। एमालेले वडा नं १ मा वडाध्यक्ष मात्रै, वडा नं ६, ८ र ११ मा प्यानल नै विजयी भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
 

See More On

सुझावित समाचार