गुल्मीका धुर्कोट र रुरुमा मतगणना अझै सुरु भएन

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

गुल्मीको धुर्कोट र रुरु क्षेत्र गाउँपालिकाबाहेक १० पालिकामा मतगणना भइरहेको छ । रुरुमा कांग्रेस, एमाले र धुर्कोटमा कांग्रेसका वडाध्यक्षका उमेदवारमाथि कुटपिट भएपछि चुलिएको विवादले मतगणना प्रभावित भएको छ ।  रेसुंगा नगरपालिकामा ११ वडाको मत परिणाम सार्वजनिक भएको छ । 

गुल्मी दरबारमा चार, सत्यवतीमा दुई, छत्रकोट, चन्द्रकोट र मदानेमा एक/एक वडाको मतगणना सकिएको हो । जसमा रेसुंगा नगरपालिका वडा नं १ मा एमालेका रामप्रसाद पन्थीले वडाध्यक्ष मात्रै जिते । त्यस्तै एमालेको तर्फबाट वडा नं ६ मा गनबहादुर गुरुङ, ८ मा निरन्जन थापा काउछा र ११ मा खुमबहादुर राना वडाध्यक्षको प्यानलसहित विजयी भएका छन् । त्यस्तै कांग्रेसको तर्फबाट रेसुंगा नगरपालिका वडा नं २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा राम्जी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डेय र १० मा रामबहादुर बस्नेत प्यानलसहित विजयी भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नं १ मा गठबन्धनको तर्फबाट (नेकपा माओवादी) केन्द्रका घनश्याम खरेल वडाध्यक्षमा विजयी भएका छन् । 

त्यस्तै गुल्मी दरबार वडा नं १ मा राजेन्द्रप्रसाद कँडेल, ६ मा  मुकेश थापा र वडा नं ७ मा शालिकराम टण्डन कांग्रेसकै तर्फबाट विजयी भएका छन् । गुल्मी दरबार वडा नं २ मा एमालेको तर्फबाट विष्णुप्रसाद गौतम वडाध्यक्षमा विजयी भएका छन् । मदाने गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका सुशील चन्द वडाध्यक्षमा प्यानलसहित विजयी भए भने एमालेको तर्फबाट सत्यवती गाउँपालिका १ मा अर्जुन कनौजे, वडा नं ८ मा होमबहादुर राना वडाध्यक्षमा विजयी बनेका छन् । छत्रकोट गाउँपालिका ६ मा एमालेको तर्फबाट वडाध्यक्षमा नारायण रेश्मीको प्यानल विजयी भएको छ ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार