धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधवप्रसाद खतिवडालाई पराजित गर्दै नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन्।
एमालेका यदुकुमार खतिवडाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार पराजित माधवप्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गरेका हुन्। जितका लागि यदुले ११३५ मत ल्याए भने माधवप्रसाद खतिवडाले ९९६ मतमा ल्याएका थिए।
यस वडाबाट पालिका अध्यक्षतर्फ एमालेका केदारनाथ खतिवडाले १३१२ मत प्राप्त गरेका छन्। गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७९२ मत ल्याएका छन्।
उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाइकाजी श्रेष्ठले ११०६ मत र एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन्।