हेटौँडा उपमहानगरमा गठबन्धन र एमालेबीच एक मतको अन्तर

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवारबीच एक मतको अन्तर भएको छ । हेटाैँडा १, २, १८ र १९ नम्बर वडाको २ हजार ५ सय मतगणना गर्दा एकको अन्तर भएको हो ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मेयर उम्मेदवार मीनाकुमारी लामाले ७ सय ५४ र एमालेबाट उम्मेदवार अनन्त पौडेलले ७ सय ५३ मत ल्याएका छन् । राप्रपाका दीपकबहादुर सिंहले लामा र पौडेललाई पछ्याउँदै ६ सय ९२ मत ल्याएका छन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार