सोलुको सोताङमा कांग्रेस र माओवादीबीच झडप हुँदा एकको मृत्यु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी निकट रहेका राईको मृत्यु

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खसाल्न आएकी विरामी बृद्ध महिलाको मृत्यु भएपछि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो । 

हिजो साँझ भएको घटनामा घाईते भएका ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले बताए । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी निकट रहेका राईको टाउकोमा गम्भिर चोट लागेको थियो ।

त्यस्तै घटनामा केही कांग्रेस कार्यकर्ता पनि घाईते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खसाल्न बृद्ध महिलालाई बोकेर ल्याएको तर मतदान गरेपछि भने घर पुर्याउन वेवास्ता गरेको आरोप कांग्रेसले लगाएपछि दुई समुहबीच झडप भएको हो । दमको विरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो । सोताङ गाउँपालिकामा अहिले मतगणना रोकिएको छ । 

See More On

सुझावित समाचार