दाङको अधिकांश पालिकामा कांग्रेसको अग्रता, राप्ती ९ मा माओवादी विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा मतगणना सुरु भएको हो ।

तिमध्ये गढवा गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । यि बाहेक अन्य स्थानीय तहमा भने कांग्रेसले अग्रता लिएको छ । १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका र बंगलाचुलीमा केही समयपछि मतगणना सुरु हुनेछ।

तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते निर्वाचन भएपछि मात्रै हुनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्युपछि सोही वडामा जेठ ३ गते मात्रै निर्वाचन हुनेछ । दाङमा शुक्रबार भएको निर्वाचनमा २ लाख ८३ हजार ९८ मत खसेको थियो । दाङमा ४ लाख ३ हजार ६ सय ८३ मतदाता रहेका थिए । जिल्लामा जम्मा ७१ ।१६ प्रतिशत मत खसेको छ ।  

दाङको राप्ती गाउँपालिका वडा नं. ९ मा माओवादी केन्द्रले विजयी गरेको छ । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रिमबहादुर सुनारी मगरले विजयी हाँसिल गरेकी हुन् ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार