प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को सचिव तथा कोषाध्यक्ष पदमा नेपाली व्यवसायी सुमन पाण्डे पुनः निर्वाचित भएका छन् । पाटाको ७१औँ वार्षिक साधारणसभाले उनलाई दोस्रो कार्यकालका लागि सोही पदमा निर्विरोध निर्वाचित गरेको हो ।
पाटाको नयाँ कार्यसमिति अध्यक्षमा ब्र्रिटिस नागरिक पिटर सिमोन र उपाध्यक्षमा ताइवानका बेन लिआवो निर्वाचित भएका छन् । पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्षसमेत रहेका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेस्टुरेन्टलगायत पर्यटन व्यवसायमा तीन दशकदेखि संलग्न रहेका छन् । उनले ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष भएर काम गरिसकेका छन् ।