सेतीको खोँचमा खसेका विशाल थापाको घाइते अवस्थामा उद्धार

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिका- ७ को घारिपाटनस्थित सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ । प्युठानको गौमुखी गाउँपालिका घर भई हाल पोखरा- १५ नयाँगाउँ बस्ने २३ वर्षीय विशाल थापा मगरलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको हो ।

पोखरामा मिस्त्री काम गर्दै आएका थापा माछा मार्ने क्रममा चिप्लिएर लडेका थिए । सशस्त्र प्रहरी निरीक्षक भीमबहादुर क्षेत्रीको टोली र नेपाली सेनाको महावीर गणले उनलाई घाइते अवस्थामा उद्धार गरेको हो । थापाको खुट्टामा चोट लागेकाले उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार