हालसम्म ४१ प्रतिशत मत खस्यो : आयोग

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले जारी मतदानमा दिँउसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको जानकारी दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगसँग ४१ प्रतिशत मत खसेका प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिएका हुन्। 

आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बाहेकका मतदान केन्द्रमा हाल मतदान भइरहेको जानकारी दिएको छ । देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ। निर्वाचन कार्यक्रमअनुसार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय छ । 

सुझावित समाचार