सुरक्षा चुनौतीका आधारमा प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ टोलीलाई खटाएको छ । चितवन, रुकुम पश्चिम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो ।
चितवनमा कांग्रेस कार्यकर्ताको हत्या भएपछि सुरक्षा चुनौती बढेको भन्दै काठमाडौंबाट एक सय प्रहरी थपिएको छ । चितवनमा २५ वैशाखमा कांग्रेस कार्यकर्ता अनिल परियारको हत्या भएको थियो ।
त्यस्तै, पश्चिम रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच दैनिक झडप भएकाले सुरक्षाकर्मी थपिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पछिल्लो समय उम्मेदवारहरूबीच टकराव बढेपछि लुम्बिनी प्रदेशमा रिजर्भमा रहेका सुरक्षामा रहेका सुरक्षाकर्मीलाई त्यहाँ खटाइएको छ ।