स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो । 

पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका हुन् । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्थाबमोजिम गत २७ वैशाखको मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको पनि दाबी गरे । 

आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको जानकारी दिए । ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि उनले बताए। उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरूलाई पनि स्पष्टीकरण सोधको बताए । 

सहप्रवक्ता अर्यालले आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम निर्वाचनको दिन नगर्न अनुरोध गरेको पनि बताए ।

सुझावित समाचार