नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङ नेतृत्वको टोलीले माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण गरेको छ । गुरुङकाे टोलीको आक्रमणबाट माओवादी केन्द्रका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरूको जौवारी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ ।
अजिरकोट गाउँपालिका– १, घ्याच्चोकमा बुधबार राति वडाध्यक्षका उम्मेदवार गुरुङको नेतृत्वमा धनसिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलबहादुर गुरुङ, दुम्सी भनिने टेकबहादुर गुरुङ, दीप घले, कालिका हाइड्रोपावर प्रालि चनौटेमा कार्यरत डिलराज गुरुङ, भरत गुरुङ, कांग्रेसनिकट महिला संघ नेतृ बुधकुमारी गुरुङ, देवलश्वारा आधारभूत विद्यालयकी शिक्षिका रमा गुरुङ र दुम्सीको आमा भनिने कुमारी गुरुङलगायतको टोलीले साँझ ८ बजेतिर खाना खाइरहेकाे समयमा भुजेल र गुरुङमाथि खुकुरी, ढुंगा, चिर्पटलगायतका हतियार प्रयोग गरी आक्रमण गरेका हुन् ।
आक्रमणपछि ती स्थानमा उच्च सुरक्षा तैनाथ गरिएको प्रहरीले जनाएको छ ।