धनगढीका लागि उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ। बिहान ११ः५४ बजे उडेको जहाज १२ः८ बजे काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो।  ३२२३ उडान नम्बरको जहाज काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार विमानको बायाँतर्फको इन्जिनमा समस्या आएको थियो।

पाइलटले इन्जिनमा समस्या आएपछि अनुमति लिएर काठमाडौं फर्काएका हुन्। उक्त जहाज हाल मर्मत भइरहेको प्रवक्ता सिटौलाले बताए। जहाजभित्र चालकदलसहित ८७ जना यात्रु सवार थिए।

सुझावित समाचार