सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार सात सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ७५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ६३ डलर आसपास कारोबार भइरहेको छ ।