तिंकर र छाङरू पुग्यो निर्वाचन टोली

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण
तिंकर र छाङरू पुग्यो निर्वाचन टोली

तस्बिर : नरेन्द्रसिंह कार्की/नयाँ पत्रिका

भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ ।

व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाडरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् ।

तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् । स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ । 
 

See More On

सुझावित समाचार