उम्मेदवारहरूलाई भैरवीका मतदाताले गराए कपाली तमसुक

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकाका युवाले उम्मेदवारहरूलाई कपाली तमसुक गराएका छन्। गाउँपालिकाभित्रका मतदाताले उम्मेदवारहरूलाई प्रतिबद्धतासहित ‘जनकरारपत्र’मा औँठाछाप गर्न लगाएका हुन्।

आफ्ना मान्छे राखेर उपभोक्ता समिति बनाउने र विभिन्न बाहनामा भ्रष्टाचार बढेकाले जनकरारपत्रमा सहीछाप गराएको स्थानीय अगुवा प्रशान्तसागर शर्माले बताए। उम्मेदवारहरूलाई नागरिकप्रति जवाफदेही बनाउन यस्तो अभियान थालिएको अर्का स्थानीय गणेशप्रसाद न्यौपानेले बताए। 

एमालेका तर्फबाट अध्यक्षका प्रत्याशी सर्वराज महतारा र उपाध्यक्ष पदमकुमारी विष्ट, माओवादी केन्द्रबाट उपाध्यक्षका प्रत्याशी ऐनबहादुर कठायत, एकीकृत समाजवादीबाट अध्यक्षका प्रत्याशी जगतप्रसाद आचार्य तथा उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाले औँठाछाप गरेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार भने कार्यक्रममा सहभागी नभएका युवाहरूले जानकारी दिएका छन्।

सुझावित समाचार