३० वैशाखमा सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर दिने भएको छ । ९८ रुपैयाँमा जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने भ्वाइस र एसएमएसका साथै डेटा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर २५ वैशाखदेखि ४ जेठसम्म उपलब्ध हुनेछ ।
जुनसुकै नेटवर्कमा तीन दिनसम्म दुई सय मिनेट कुराकानी गर्न सकिने भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ । तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने तीन सयवटा एसएमएस ९८ रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ ।