मतदान केन्द्र पुग्नैको पिरलो, जान–आउन तीन दिन हिँड्नुपर्ने बाध्यता

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचन आउन ६ दिन मात्रै बाँकी छ। जनप्रतिनिधि चुन्ने चुनावी माहाेल बढिरहँदा हुम्लाको ताजाकोट गाउँपालिका–३ मासपुरका ९२ वर्षीय दलवीर बुढालाई भने मतदान केन्द्र पुग्ने पिरलो बढेको छ। गाउँबाट मतदान केन्द्र पुग्न एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ । ०७४ सालको निर्वाचनमा तीन दिन लगाएर मतदानस्थल ताजाकोट–३ स्थित छेपेला पुगेको बुढाले नयाँ पत्रिकासँग भने।

मतदान केन्द्र कैलाश आधारभूत विद्यालय टाढा भएकाले तीन दिन खर्चिनुपरेको अर्का स्थानीय जोख्या रोकायाले बताए। एक दिन पुग्न लाग्छ। भोट हालेर बेलुका घर आइपुगिँदैन। अनि अर्को दिन फर्केिने समय जोड्दा तीन दिन लाग्छ, उनले भने।

मासपुर गाउँमा करिब ६५ मतदाता छन्। विकटताकै कारण यहाँका अधिकांश महिला, वृद्धवृद्धा र सुत्केरी मतदान गर्नबाट वञ्चित हुने गरेका अर्का स्थानीय केशबहादुर रोकायाले बताए। 'गाउँमा गोठाला, वृद्धावृद्वा महिलाहरू भोट हाल्न जान पाउँदैनन्,' रोकायाले भने।

सुझावित समाचार