बाजुरा झडप : कांग्रेसका कार्यकर्ताद्वारा समाजवादीका जिल्ला सचिवमाथि खुकुरी प्रहार

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

बाजुरामा समाजवादी नेपालका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएका छन् ।

समाजवादी र कांग्रेस कार्यकर्ताबीचको झडप अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । 

  झडप नियन्त्रण हुन नसकेपछि थप सुरक्षाका लागि जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा परिचालन भएका छन्।

यो पनि 

समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा एक राउन्ड गोली फायर

See More On

सुझावित समाचार