सुनौलो रङको कछुवासहित एक पक्राउ

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

प्रहरीले सुनौलो रङको कछुवासहित कीर्तिपुर नगरपालिका– ८ का २३ वर्षीय आशिष थापा घर्तीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले चाबहिलस्थित खोटाङ हलेसी गेस्ट हाउसको चौथो तलाबाट पक्राउ गरेको हो । 

उनको साथबाट सुनौलो रङको कछुवा बरामद भएको छ । उक्त कछुवा २० लाख रुपैयाँमा बिक्री गर्न मोलमोलाई भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार