निजी क्षेत्रलाई अँध्यारोमा राख्ने काम नहोस् : शेखर गोल्छा

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई कुनै पनि बहानामा अँध्यारोमा राखेर उज्यालो सम्भव नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा गोल्छाले निजी क्षेत्रलाई कुनै पनि बहानामा अँध्यारोमा नराख्न आग्रह गरे । उनले अँध्यारोमा राखेर निजी क्षेत्रलाई हतोत्साही नगर्न पनि आग्रह गरे । 

गोल्छाले पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, व्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताए । उनले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको पनि बताए । 

उनले मुलुकको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनुपर्ने सुझाब दिए । मुलुकभित्र नै लगानीको अवसर सिर्जना गरिनु आवश्यक रहेको गोल्छाको भनाइ छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् प्राधिकरणकै लापर्बाहीबाट अहिले विद्युत् संकट आएको आरोप लगाए । उनले अहिले पनि उत्पादन भएको २७ मेगावाट विद्युत् प्रसारणलाइन नजोडिएको बताए ।

सुझावित समाचार