प्रहरीले काठमाडौंको माछापोखरीबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित आज बिहान दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन्।
सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस