एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग

बुधबार, १४ बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधरकुमार पोखरेलसहितका नेताहरूले राजीनामा दिएका छन्। हेटौँडामा पत्रकार सम्मेलन गर्दै पोखरेल, जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, वीरेन्द्र जिसी र गोपालबहादुर स्याङ्तानले राजीनामा दिएका हुन्।

गठबन्धनका नाममा भइरहेका गतिविधिले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उनीहरूले बताएका छन्।  आठ महिनाअघि एमालेबाट गरिएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोच मात्र रहेको उनीहरूले बताएका छन्। यो विद्रोहले पार्टी निर्माण हुन नसक्ने उनीहरूको दाबी छ।

निर्वाचनपछि देशभर पार्टी कमजोर हुने र नेपालको कम्युनिस्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहरका साथ पार्टी परित्याग गरेको विज्ञप्तिमा जानाएका छन्।
 

सुझावित समाचार