नेपालमै बनेको नेपोभिट टाइल्स बजारमा

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडले ‘नेपोभिट’ टाइल्स बजारमा ल्याएको छ । कम्पनीले नेपालको पहिलो र एक मात्र टाइल्स उत्पादक रहेको दाबी गर्दै नेपोभिट टाइल्स बजारमा ल्याएको हो । नेपालमै आकर्षक र गुणस्तरीय टाइल्स उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउने सोचसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कलाकार राजेश हमाल तथा देशभरिको डिलरको उपस्थितिमा नेपोभिट टाइल्स सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

विदेशी टाइल्सको आयात निकै बढेपछि आफ्नै देशमा उत्पादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाइल्सको स्थापना भएको कम्पनीले जनाएको छ । टाइल्स सार्वजनिक गर्दै कलाकार राजेश हमालले आफू नेपोभिट टाइल्सको सदभावना दूत भएको बताए । उनले नेपोभिट टाइल्सको गुणस्तर, बजारमा प्रभावका साथै यसको अत्याधुनिक कारखानाका बारेमा चर्चा गरेका थिए । यो टाइल्स विश्व प्रतिष्ठित इटालीयन प्रविधिका साथै उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेको कम्पनीको दाबी छ । यी टाइल्सहरू फेवा, डाँफे, गुराँसजस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् । यस टाइल्सका विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिने जनाइएको छ ।   

नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ शाहले नेपालमै टाइल्स उत्पादन गरेर देशभित्रको माग पूरा गर्दै विदेशी टाइल्सको आयात घटाउनुका साथै नेपाली उत्पादनलाई विदेश निर्यात गर्ने सोचसमेत रहेको बताए । कम्पनीका निर्देशक मनोजप्रसाद रौनियारले नेपाली जनतालाई रोजगारीको अवसर दिँदै नेपाली डिजाइनमै टाइल्सहरू उपलब्ध गराउने बताए ।  सन् २०२२ मा स्थापना भएको नेपोभिट टाइल्सको कारखाना बाराको जितपुर उपमहानगरपालिका वडा नं ८ मा रहेको छ । 

सुझावित समाचार