कोन्ज्यासोम गाउँपालिका प्रमुख सिङ्तानले दिए पदबाट राजीनामा

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुरको कोन्ज्यासोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङ्तानले प्रमुख पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि सिङ्तानले आइतबार पदबाट राजीनामा दिएका हुन्।

पाँचवटा वडा रहेको कोन्ज्योसोम गाउँपालिकामा हालसम्म अन्य जनप्रतिनिधिले भने राजीनामा दिएका छैनन्। यसअघि माओवादी केन्द्रबाट उम्मेदवार भएर जितेका सिङ्तान यसपटक पनि सोही पार्टीको तर्फबाट पालिका प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्।

सुझावित समाचार